बसमा आक्रमण भुलबस भएको स्वीकार

रियाद, १६ भदौ : साउदी नेतृत्वको सैनिक गठबन्धनले बालबालिका रहेको बसमा भएको आक्रमण ‘गलत’ भएको शनिबार जनाएको छ ।

यमनमा सन २०१५ देखि तैनाद गठबन्धन सेनाबाट अगस्टमा भएको उक्त आक्रमणमा ४० जना बालबालिकासहित ५१ जनाको मृत्यु भएको थियो । जसको विश्वभर आलोचना भएपछि गठबन्धनले अनुसन्धान शुरु गरेको थियो ।

गठबन्धनबाट गरिएको छानविनमा उक्त घटनामा कमजोरी भएको पाइएको जनाएको छ । एक अधिकारीले भने, “व्यस्त बजारमा गुडिरहेको बसमा हवाई आक्रमण हुनु ‘गलत’ भएको जनाउँदै यसमा सम्लग्न दोषीलाई कानूनी दायरामा ल्याइने छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.