टर्कीका वकीलद्वारा राष्ट्रपतिको कार्याक्रम बहिस्कार गर्ने   

इस्तानबुल, १ भदौ : बार एसोसिएसनमा आवद्ध टर्कीका दर्जनौ वकीलहरुले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने बताएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रम वकीलहरूले बहिस्कार गर्ने भनी घोषण भएको टर्कीमा यो पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन् ।

नयाँ न्यायिक बर्षको उद्घाटन समारोह उनीहरुले बहिस्कार गर्नेछन् । उनीहरूले न्यायिक सिद्धान्तको उलङ्घन भएको तर्क गरेका छन् ।

देशभरका ४२ प्रान्तमा रहेका बार एसोसिएसनमा आवद्ध वकीलहरुले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।

उनीहरुले आउँदो सेप्टेम्बर २ तारिखमा हुने कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।

बहिस्कारको नेतृत्व भने इजमिर बार एसोसिएसनले बिहीबार लिएको हो । देशभरका ७९ ओटा प्रान्तका बार एसोसिएसनका लागि निमन्त्रणा गएपछि बारले यस्तो निर्णय लिएको जनाइएको छ ।

कार्यकारी प्रमुखको कार्यालयमा हुन लागेको कार्यक्रममा छुट्टै र स्वतन्त्र अंगको रुपमा रहेको न्यायपालिकालाई अपमान गर्न खोजिएको वकीलहरूको भनाई छ ।

यो न्यायिक प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको बारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “हामी यो खेलमा छैनौ, हामीले अरुलाई पनि बहिस्कारमा सहभागी हुन आह्वान गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.