पाँच उपन्यासलाई चीनको प्रसिद्ध साहित्य पुरस्कार 

बेइजिङ, ३१ साउन : चीनको सुप्रसिद्ध माओदुन साहित्य पुरस्कार विभिन्न पाँच उपन्यासले प्राप्त गर्न सफल भएका पुरस्कार वितरक संस्थाले शुक्रबार जानकारी गराएको छ ।

चिनियाँ लेखक संघका अनुसार चिनियाँ साहित्यकारहरू लिआङ सिआओशेङ, सु हुआईचोङ, सु चेनेन, चेन यान र ली एरद्वारा लेखिएका उपन्यासहरू उक्त पाँच पुरस्कार प्राप्त गरेका चिनियाँ लेखक संघले बताएको छ ।

विजेताहरूलाई विभिन्न २३४ दाबेदारबाट विभिन्न छ चरणको मुल्याङ्कन र मतदानपछि पुरस्कृत घोषणा गरिएको हो । आगामी अक्टोबरमा बेइजिङमा हुने पुरस्कार वितरण समारोहमा लेखकहरूलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.