बङ्लादेशमा राष्ट्रपिताको सम्झना गर्दै राष्ट्रिय शोक दिवस मनाइयो
ढाका, ३० साउन : बङ्लादेशमा राष्ट्रपिताको सम्झना गर्दै बिहीबार राष्ट्रिय शोक दिवस मनाइएको छ । शोक मनाउन आधा झण्डा झुकाइएको थियो ।
बङ्गलादेशको स्वतन्त्रताका लागि नेतृत्व गरेका राष्ट्रपिता मानिने बङ्गाबन्धु शेख मजिबर रहमानको हत्या भएको ४४औँ बर्ष भएको दिन पारेर बिहीबार शोक मनाइएको हो ।
ढाकाको धानमोन्दी रोडमा रहेको बङ्गाबन्दु स्मृति संग्रालयहमा निर्माण गरिएको उहाँको शालिक अगाडि भएको उक्त कार्यक्रममा राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनाले मौन धारण र प्रार्थना गरेर शोक दिवसको सुरुवात गरिएको थियो ।
उहाँहरुले केही समय मौन धारण गरेर राष्ट्रपिता बङ्गाबन्दुको आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो ।
सन् १९७५ को आजकै दिन (अगस्ट १५ तारिख) मा बङ्लादेश स्वतन्त्र बनाउने नायक बङ्गाबन्दुको हत्या भएको थियो । हत्याराहरुले उहाँसँगै उहाँका अधिकांश पारिवारिक सदस्यहरुको पनि हत्या गरेका थिए ।
यस घटनालाई विश्वकै अत्यन्त नराम्रोसँग रक्तपातपूर्ण तरिकाले राजनीतिक नेताको हत्या भएको उल्लेखनीय घटनाका रूपमा लिइन्छ ।
