इराकी राष्ट्रपतिले राष्ट्रसङ्घमा सम्बोधन गर्ने
तेहरान, २९ साउन : इराकका राष्ट्रपति हसन रौहानीले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुहुने भएको छ ।
अमेरिकाको न्युयोर्कमा अर्को महिना हुने महासभामा उहाँले सम्बोधन गर्ने तय भएको इराकी अधिकारीहरूले जनाएका छन् ।
इराकी राष्ट्रपतिको कार्यालयका मुख्य कर्मचारी मोहम्मद भाएजीले बुधबार उहाँको सम्बोधन तय भएको जानकारी दिनुभएको हो ।
“अरु कुनै विषेश परिस्थिति आइनपरेमा राष्ट्रपति रौहानीले राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने निश्चित भइसकेको छ,” उहाँले सरकारी समाचार संस्थासँग भन्नुभयो ।
रौहानीले महासभामा सहभागी हुन अमेरिका जाने क्रममा त्यहाँ रहेका आप्रवासी इराकीहरूसँग भेटघाट पनि गर्ने गर्नुभएको भाएजीले उल्लेख गर्नुभएको छ ।
त्यस बाहेक उहाँले विश्वभरबाट आएका राजनीतिक नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
हरेक वर्ष हुने गरेको राष्ट्रसङ्घको महासभा अहिले ७४औँ पटक हुन लागेको छ । यो वर्षको महासभा न्युयोर्कमा सेप्टेम्बर १७ देखि शुरु हुने तय भएको छ ।
