पुटिनले टर्कीका समकक्षीलाई भेट्ने

मस्को, १५ भदौ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गर्नुभएको छ ।

इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उहाँले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले शुक्रबार जनाएको छ । सिरियामा भइरहेको द्वन्द्व अन्त्यका बारेमा तीन देशका शिर्ष नेताहरुले भेटेर छलफल गर्ने कार्यक्रम रहेको छ ।

टर्कीका सञ्चार माध्यमहरूका अनुसार इरान, रुस र टर्कीका राष्ट्रपतिबीच आउँदो सेप्टेम्बर ७ तारिखका दिन भेट्ने तय भएको जनाइएको छ ।
निजी क्षेत्रको एनटीभी टेलिभिजनले इरानको उत्तरी सहर ताब्रिजमा सम्मेलन हुने समाचार प्रसारण गरेको छ । यी तीन नेताहरुबीच यसअघि सोचीको रुसी रिसोर्ट सिटिमा र टर्कीको राजधानी अङ्कारामा भेट भएको थियो ।

अव हुने तय भएको शिखर सम्मेलनमा छलफलको मुख्य एजेण्डा सिरियामा भएको द्वन्द्वको समाधान नै हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.