यूइएफए बर्ष खेलाडीमा मोडेरिकसँगको हारपछि रोनाल्डो क्रुद्ध

मिलान, १५ भदौ : यूरोपेली च्याम्पियन्स लिग (यूइएफए) को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार खुलासा गर्नुभएको छ ।

रियल म्याड्रिड तथा क्रोयासियाको फुटबल टोलीमा मध्येक्षेत्रमा खेल्ने प्रसिद्ध खेलाडी मोडरिकले आफ्ना पूर्व टोली कप्तान रोनाल्डो र लिभरपुलका मोहम्मद सालालाई पछि पार्दै बिहीबार मोनाकोमा आयोजित पुरस्कार वितरण समारोहमा यस बर्षको बर्ष खेलाडी बन्न सफल हुनुभएको हो ।

बिहीबार उहाँ (रोनाल्डो) साह्रै क्रुद्ध बन्नुभयो र यो सामान्य कुरा मात्र हो, अलेग्रीले भन्नुभयो ।

रानाल्डोले च्याम्पियन्स लिग मा अन्य सहयोगी खेलाडीको मद्दतमा १५ गोल गर्नुभयो । उहाँकै टोलीका एक अर्का खेलाडीले पुरस्कार जित्नुभयो । रोनाल्डोको धारणाले उहाँ अझै कति समय सर्वोत्कृष्ट खेलाडी रहनुहुने हो, शङ्का लाग्छ । यो हाम्रो लागि फाइदाको कुरा हो ।

अलेग्रीले थप्नुभयो, “मोडरिकको छनौट मतदाताहरूको व्यक्तिगत छनौट थियो र यसलाई यस्तै रूपमा स्वीकार गर्नुपर्छ ।”

तेत्तीस बर्षीय रोनाल्डोलाई भने पत्रकार र च्याम्पियन्स लिग तथा यूरोपा लिगका फुटबल प्रशिक्षकहरूले सर्वोत्कृष्ट गोलकर्ताको उपाधिका लागि छनौट गरेका छन् । विश्वकपमा पनि सर्वोत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका मोडरिकको एकपछि अर्को गर्दै मिलेका सफलताले रोनाल्डो र लियोनल मेसीद्वारा करिब एक दशक कब्जा जमाएको बालन डि–ओरका लागि पनि दावेदार बनाएको छ ।

विश्व बर्ष खेलाडीको उपाधि पाँच पटक हात पारेका रोनाल्डोले रियल म्याड्रिड छोडेर यसै सिजनदेखि इटालियाली क्लब यूभेन्टसमा आवद्ध हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.