चिनियाँ राष्ट्रपतिद्वारा नयाँ राजदूतहरु नियुक्त
बेइजिङ, २३ साउन : चीनका राष्ट्रपति सी चिनफिङले छ जना नयाँ राजदूत नियुक्त गर्नुभएको छ ।
नेशनल पिपल्स कँग्रेस अन्तर्गतको स्थायी समितिको निर्णय र अनुमतिका आधारमा उहाँले राजदूतहरु नियुक्त गर्नुभएको हो ।
राष्ट्रिय संसदको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भारत, कतार, जर्जीया, अजरबैजान, फ्रान्स तथा मोनाको र राष्ट्रसंघका लागि राजदूतहरु नियुक्त गरिएको उल्लेख छ ।
विज्ञप्तिका अनुसार भारतका लागि लुओ चाउहुइलाई चीनले राजदूत बनाएको छ भने राष्ट्रसंघको स्थायी प्रतिनिधिको रुपमा चाङ चुनलाई जिम्मेवारी दिइएको छ ।
