पुटिनद्वारा अमेरिकासँग हतियार व्यवस्थापनका लागि नयाँ वार्ताको प्रस्ताव

मस्को, २० साउन : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गर्नुभएको छ ।

शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दुरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै सम्झौता अन्त्य भएको परिप्रेक्षमा पुटिनको उक्त प्रस्ताव आएको हो ।

“नियम, सीमा र कानून बिहीन अवस्थाको अस्तव्यस्तताबाट जोगिनका लागि सम्भावित सवै परिणामलाई तौलिँदै निःसन्देह गम्भीर बन्नु र वार्ता शुरू गर्नुपर्ने आवश्यकता छ,” पुटिनले एक विज्ञप्तिमार्फत अमेरिकासँग आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा थप भनिएको छ, “हामी (रूस) यसका लागी तयार छौँ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.