एक महिनामा तेस्रो विदेशी तेल ट्याङ्कर इरानी कब्जामा 

तेहरान, १९ साउन : इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् ।

इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारी अनुसार रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको छ ।

ट्याङ्करसहित यसका चालक दलका सात सदस्यलाई पनि इरानी पक्षले नियन्त्रणमा लिइ अनुसन्धान गरेको बताइएको छ । अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध कस्दै लगेर दुई देशबीच तनाव चर्किएको बेला यो घटना भएको छ ।

सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताबाट फिर्ता भएपछि अमेरिकाmे इरानमाथि पुनः प्रतिबन्धहरू लगाएको छ । जसका कारण अमेरिका र इरानबीचको सम्बन्धमा निकै तिक्तता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.