मोदीको भ्रमणको तयारीका लागि जयशंकर चीन जाने

नयाँ दिल्ली, १७ साउन : भारतका विदेश मामिला मन्त्री एस. जयशंकरले यसै महिना चीनको भ्रमण गर्नुहुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि चिनफिङको भेटवार्ताको तयारीका लागि उहाँ बेइजिङ जान लाग्नु भएको हो ।

उहाँहरुबीच यसअघि गत बर्षको अप्रिलमा एक शिखर सम्मेलनमा सहभागी हुन उहानमा गएका बेला अनौपचारिक भेटवार्ता भएको थियो ।

“दुवै पक्ष अहिले पनि कुटनीतिक संयन्त्र मार्फत सम्पर्कमै रहेका छन्, उनीहरुले दुई शिर्ष नेताको भेटवार्ताको स्थान र मिति तय गर्न लागेका छन्,” विदेश मामिला मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

भ्रमण सम्वन्धी विस्तृत विवरण जयशंकरको चीन भ्रमणपछि मात्रै सार्वजनिक हुने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.