प्रधानमन्त्री निवासमा जोनसनको प्रवेश
लण्डन, १३ साउन : बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उहाँकी प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सर्नुभएको छ ।
बेलायतको इतिहासमा उहाँहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् ।
यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
“प्रधानमन्त्री बोरिस आजदेखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थाल्नु भएको छ, उहाँकी प्रेमीका पनि यही बस्नुहुनेछ,” प्रधानमन्त्रीको सरकारी निवासका प्रवक्ताले भन्नुभयो ।
प्रधानमन्त्री बोरिस ५५ बर्ष र उहाँकी प्रेमीका स्यमोन्डस ३१ बर्षको हुनुभएको छ । उहाँहरु पहिलाका प्रधानमन्त्रीहरु बस्नेगरेको स्थानमा भने नबस्ने जनाइएको छ ।
