ली फङको अन्त्येष्टि
बेइजिङ, चीन, १३ साउन : चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्यूनिष्ट पार्टीका नेता स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्येष्टि गरिएको छ ।
बोबाओशान समाधीस्थलमा ली फङको मृत शरीरलाई चिनियाँ संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि समारोहमा नेता फङलाई अन्तिम सम्मान प्रकट गर्न राष्ट्रपति सी जिनफिङ, नेताहरू ली खच्छ्याङ, ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी, हान झेङ, वाङ किसान र जियाङजमिनलगायतले अन्तिम सम्मान व्यक्त गर्नुभयो ।
नेता हु जिन्ताओ भने बेइजिङबाहिर रहेकाले उक्त अन्त्येष्टि कार्यक्रममा सहभागी हुनुभएन । उहाँले स्वर्गीय नेता ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै पुष्पमाला पठाउनुभएको थियो ।
ली फङको ९० बर्षको उमेरमा गत सोमबार निधन भएको थियो ।
