राष्ट्रपति एसेब्सीको अन्त्येष्टि

ट्युनिस, ११ साउन : बिहीबार निधन भएका ट्यूनिसियाली राष्ट्रपति बेजी काइद एसेब्सीको शनिबार भव्य शवयात्रापछि अन्त्येष्टि गरिएको छ । उहाँको ९२ बर्षको उमेरमा राष्ट्रपतिको पदमा रहेकै अवस्थामा निधन भएको थियो ।

एसेब्सीको मृत शरिरलाई ट्यूनिसियाली राजधानीस्थित अल–जालाग समाधीस्थलमा राखिने छ ।

शव यात्रामा व्यापक सुरक्षाकर्मी तैनाद गरीएको थियो भने हजारौँको सङ्ख्यामा शवयात्रामा सहभागिता जनाउन गाउगाउबाट नागरिकहरू राजधानी पुगेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०११ पछि शुरू भएको अरब वसन्त, जसको बलमा विश्वका दर्जनौँ तानाशाहहरूलाई विस्थापित गरेको थियो, को बलमा ट्यूनिसियाका तत्कालिन शासक जिने एल अविदिने बेन अलीलाई पदच्युत गरिएपछि उहाँको स्थानमा एसेब्सी सन् २०१४ मा प्रजातान्त्रिक निर्वाचन प्रणालीबाट निर्वाचित ट्युनिसियाको पहिलो राष्ट्रपति बन्नुभएको थियो ।

उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएका थियो । बयानब्बे वर्षीय एसेब्सी प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो ट्युनिसियाली राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ विश्वकै पाका सत्तासिन राष्ट्रप्रमुखमध्ये बेलायतकी महारानीपछि सबैभन्दा पाका राष्ट्रप्रमुख हुनुहुन्थ्यो ।

ट्युनिसियाको संविधानले राष्ट्रपतिको निधन भएमा अपनाउन सकिने दुई किसिमका शर्तको व्यवस्था उल्लेख भए अनुसार उहाँको स्थानमा आगामी ९० दिनका निर्वाचन सम्पन्न गर्नेगरी सभामुखलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिइएको छ ।

ट्युनिसियामा आगामी अक्टोबर ६ मा संसदीय निर्वाचन गर्ने र नोभेम्बर १७ मा राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.