जापानी प्रधानमन्त्रीद्वारा सरकारी नीतिबाट पीडितसँग क्षमा याचना
टोकियो, ८ साउन : जापानका प्रधानमन्त्री सिन्जे आबेले सरकारी नीतिले असर परेका जनतासँग बुधबार माफी माग्नु भएको छ ।
कुष्ठरोगका बिरामीलाई पक्षपात गर्नेगरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको असर र विभेदप्रति प्रधानमन्त्रीको रूपमा आफूले माफी चाहेको उहाँले बताउनुभएको छ ।
उहाँले पीडितहरूसँग भन्नुभयो, “यस नीतिका कारण तपाईहरूलाई परेको असरप्रति प्रधानमन्त्रीका रूपमा मैले गहिरो क्षमा याचना गर्दछु ।”
प्रधानमन्त्री आबेले उनीहरूको अमूल्य जीवनमा कठिनाइ भएको र पीडा पर्र्न गएकोमा आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । उहाँले रोगबाट पीडितका परिवारजनसँग मिलेर विभेद अन्त्य गर्न सरकारले विषेश अभियान चलाउन चाहेको पनि उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री आबेले पीडितहरूसँग निकै झुकेर कुरा गर्नुभएको थियो । उहाँले पीडितमध्येका केही प्रतिनिधि पात्रहरूलाई भेट्नु भएको हो ।
जापानको एक अदालतले केही समय अगाडि कुष्ठरोगसम्बन्धी पुरानो कानून विभेदपूर्ण रहेको ठहर गरेर नयाँ कानून बनाउन आदेश दिएको थियो ।
