चिनियाँ ग्याँस उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कबिहीन

बेइजिङ, ३ साउन : चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।

देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.