जापानद्वारा मित्सुबिसीको सम्पत्ति विक्रीमा रोक लगाउन दक्षिण कोरियालाई आग्रह

टोकियो, ३१ असार : जापानले मित्सुबिसीका ठूला उद्योगहरूको विक्रीमा रोक लगाउन दक्षिण कोरियासँग आग्रह गरेको छ ।

मङ्गलबार जापानका विदेशमन्त्री तारो कानोले मित्सुबीसीको सम्पत्तिको सम्भावित विक्रीलाई रोक्न भन्दै यदि यस कार्यलाई अघि बढाएमा सन् १९१० देखि १९४५ ताका कोरियाली प्रायदीपमा उपनिवेशीकरण हुँदै गर्दा भएका युद्धकालीन श्रम पिडितलाई थप क्षति हुने बताउनुभएको छ ।

कानोले दक्षिण कोरियाली पक्षलाई भन्नुभयो, “यदि कम्पनीको सम्पत्ति विक्रीबाट जापानले क्षति ब्यहोर्नु परेमा यसको टोकियोले प्रतिवाद गर्नेछ ।”

“हामी उनीहरू (कोरियाली)लाई कडारूपमा यो आग्रह गर्न चाहन्छौँ कि जापानी उक्त कम्पनीको सम्पत्ति विक्री नहोस्,” कानोले पत्रकारसँगको भेटमा भन्नुभयो ।

दक्षिण कोरियाली अभियोजनकर्ताहरूले छिट्टै जापानी मित्सुबिसी कम्पनीको सम्पत्ति विक्रीका लागि आवश्यक प्रक्रिया शुरू गर्ने बताएपछि जापानी विदेश मन्त्रीको सम्पत्ति विक्री प्रक्रियालाई अघि नबढाउन भनी उक्त अभिव्यक्ति आएको हो ।

गत बर्षको नोभेम्बरमा दक्षिण कोरियाको उच्च अदालतले अभियोजनकर्ताहरूलाई युद्धताका जबर्जस्ती निकालिएका श्रमिकलाई क्षतिपूर्ति दिलाउन निर्देशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.