इन्डोनेशियामा डुङ्गा दुर्घटना, दुईको मृत्यु , ११ वेपत्ता 

जाकार्ता, २९ असार : इन्डोनेसियाको वेस्ट पपुवाको पूर्वी क्षेत्रमा १५ यात्रु लिएर हिँडेको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका आइतबार उद्धारमा खटिएका सरकारी अधिकारीहरूले बताएका छन् ।

“शुक्रबार सोरोङबाट राजा आम्पातका लागि छुटेको उक्त डुङ्गा गन्तव्यनजिकै पुगेपछि डुबेको छ,” सञ्चारमाध्यमका लागि सूचना प्रमुख युसुफ लाटिफलाई उद्धृत गरी राष्ट्रिय उद्धार तथा खोजी कार्यालयले जनाएको छ ।

पानीका ठूला तरङ्गका कारण नियन्त्रण गुमाउँदा डुङ्गा दुर्घटना भएको युसुफले बताउनुभयो । उद्धारकर्मीहरूले वेपत्ता ११ यात्रुहरूको खोजीलाई जारी राखेको बताइएको छ भने दुई जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.