युगान्डा र रूवाण्डाबीचका मतभिन्नतालाई वार्ताद्वारा सम्वोधन गरिने

कम्पाला, २८ असार : यूगाण्डाका राष्ट्रपति योवेरी मुसेनी तथा उहाँका रूवाण्डाली समकक्षी पाउल कागेमबीच दुई देशबीच रहँदै आएका सीमा विवाद लगायतका मतभिन्नतालाई दीर्घकालीनरूपमा सम्बोधन गर्नका लागि वार्ता गर्ने सहमति भएको छ ।

यूगाण्डाको विदेश विभागद्वारा शनिबार जारी विज्ञप्तिमा दुई नेताबीच याङ्गोलामा चार पक्षीय क्षेत्रीय सम्मेलनका सन्दर्भमा दुई नेताबीच शुक्रबार भएको भेटमा वार्ताका लागि उक्त सहमति भएको बताइएको छ ।

यूगाण्डा र रूवाण्डाबीच यसै बर्षको फेब्रअरीदेखि सीमा अतिक्रमण समस्यालाई लिएर तनाव चर्किएको छ ।

सुरक्षालगायत क्षेत्रीय चासोका बिषयमा छलफलका लागि भएको उक्त सम्मेलनमा याङ्गोलाका राष्ट्रपति जोआओ म्यानुयल लोरेन्को, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका फेलिक्स तेसिसेकेदी, यूगाण्डाका राष्ट्रपति मुसेनी र रूवाण्डा कागेम सहभागी हुनुभएको थियो ।

“रूवाण्डा र यूगाण्डाको साझा चासोका बिषयलाई सम्बोधन गर्न दुबै देशका राष्ट्राध्यक्षले प्रकट गरेको दीर्घकालीन शान्तिका लागि वार्ताद्वारा विद्यमान् मतभिन्नतालाई हटाएर अघिबढ्ने सहमति भएको छ,” सम्मेलनको अन्त्यमा जारी संयुक्त विज्ञप्तिलाई उद्धृत गर्दै यूगाण्डाको विदेश विभागले बताएको छ ।

सम्मेलनले याङ्गोला र प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई मध्यस्थताका लागि जिम्ेवारी दिएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.