राष्ट्रिय हात्ती व्यवस्थापन योजना बन्दै 

विन्घोक, २७ असार : हात्ती संरक्षण तथा व्यवस्थापनका लागि नामिबियामा राष्ट्रिय योजना निर्माण गर्न लागिएको छ । देशमा अहिले हात्तीको संख्या झण्डै २४ हजार पुगेकाले तिनीहरुको व्यवस्थापनका लागि छुट्टै राष्ट्रिय योजना बनाउनुपरेको वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

हात्तीका बारेमा समग्र कार्यक्रमहरुलाई एकीकृत गर्ने उद्देश्यले राष्ट्रिय योजना बनाउन लागिएको मन्त्रालयका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । योजना बनाउनका लागि विज्ञहरुलाई आह्वान गरिएको उनीहरुको भनाइ छ ।

योजनामा नामिबियाको मात्रै नभई संसार भरी नै हात्तीको संरक्षण र व्यवस्थापनको विषयलाई समावेश गर्न खोजिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.