नाइजेरियामा छ गाउँलेको हत्या

कानो, २३ असार : नाइजेरियाको उत्तरी काट्सिना राज्यमा बन्दुकधारीहरुले गाउँमा आक्रमण गरी छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार आक्रमणकारीले काट्सिनाको काँकडा जिल्लाका माकेर्स, डान साबाउ र पावा गाउँमा हमला गरेका थिए । उनीहरुले बन्दुक र ग्रिनेड पड्काएर गाउँमा आतंक फैल्याएका प्रहरी प्रवक्ता गाम्बो इसाहले बताउनुभयो ।

इसाहले प्रहरीको जवाफी कारबाहीमा केही आक्रमणकारी मारिएको दाबी गर्नुभयो । उहाँले आक्रमणकारीको खोजी गरिरहेको पनि जानकारी दिनुभयो ।

गत जुलाई ३ मा पनि अपराधी समूहले काट्सिना राज्यमा चार वटा गाउँमा गरेको आक्रमणमा १८ जना गाउँलेको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.