नाइजेरिया र बेनिनबीच स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी सम्झौता

नियामे, २२ असार : दुई अफ्रिकी मुलुकहरु नाइजेरिया र बेनिनले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र (आफ्टा) सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । यस ऐतिहासिक सम्झौतामा अफ्रिकी युनियनमा आबद्ध मुलुक इरिट्रियाले मात्र हस्ताक्षर गर्न बाँकी छ ।

नाइजरको राजधानी नियामेमा अफ्रिकी युनियनमा आबद्ध मुलुकका राज्य तथा सरकार प्रमुखहरुको १२औं शिखर बैठकका क्रममा नाइजेरिया र बेनिनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी र बेनिनका राष्ट्रपति प्याट्रिस टालोनले हस्ताक्षर गर्नुभएको छ ।

नाइजेरिया र बेनिन आफ्टामा हस्ताक्षर गर्ने क्रमशः ५३औं र ५४औं राष्ट्र बनेका छन् ।

अफ्रिकी युनियनमा ५५ मुलुक सदस्य छन् ।

विगत १७ वर्षदेखिको मध्यस्थतापछि भएको उक्त सम्झौताबाट अफ्रिकामा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र बनेको छ । सम्झौताबाट सन् २०२२ सम्ममा करिब एक अर्ब २० करोड जनसंख्या रहेको अफ्रिकी महादेशका करिब ६० प्रतिशत व्यापार वृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.