ढाकास्थित एक क्याफेमा आतङ्ककारी हमला भएको तेस्रो बर्ष 

ढाका, बङ्गलादेश, १६ असार : बङ्गलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेण्ट भएको आक्रमणको सोमबार तीन बर्ष पुगेको छ ।

आक्रमणको तीन बर्ष पुगेको दिन ढाकास्थित उक्त स्थानमा सोमबार एक श्रद्धाञ्जली सभा गरेर घटनामा मारिने निर्दोष व्यक्तिहरूको सम्झना गरिएको छ ।

सोमबार बिहानै बङ्गलादेशका सरकारी अधिकारीराजनीतिक नेतासहित विदेशी कुटनीतिक अधिकारी घटनास्थल पुगेर मृतकका तस्वीरमा पुलमाला चढाई उनीहरूको आत्माको चीरशान्तिका लागि प्रार्थना गरेका छन् ।

सन् २०१६ को जुलाई १ अर्थात आजकै दिन पाँच जना बन्दूकधारीको एक समूहले रेष्टुरेन्टका सेवाग्राही तथा कर्मचारीलाई बन्धक बनाएपछि बङ्गलादेशी सुरक्षाकर्मीले बन्धकलाई रिहा गर्ने क्रममा २९ जनाको मृत्यु भएको थियो । मृतक बन्धकमध्ये १७ जना विदेशी नागरिक थिए भने अन्य चारमा दुई जना स्थानीय सेवाग्राही र दुई जना क्याफेका कर्मचारी रहेका थिए । घटनामा दुई प्रहरीले ज्यान गुमाएका थिए भने आक्रमणकारी पाँच बन्दूकधारीको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो ।

घटनाको स्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो तर बङ्गलादेशी अधिकारीले उक्त दावीलाई अस्वीकार गर्दै घटनामा जमातुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी), स्थानीय एक प्रतिबन्धित समूह, को सम्लग्नता रहेको र आफ्नो प्रभाव देखाउन आक्रमण गरेको जनाएका थिए ।

क्याफेमा भएको उक्त आक्रमणपछि बङ्गलादेशको प्रहरीले उक्त समूहलाई लक्षित गरी चलाएको बृहद् सुरक्षा कारबाहीमा दर्जनौँ लडाकू मारिएका छन् भने सयौँलाई जेल चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.