विश्व बैंक लेवनानको बजेटप्रति आशावादी 

बेरूत, लेबनान, १३ असार : सन् २०१९ को बजेटका कारण लेबनानको अर्थतन्त्र सही दिशामा अघि बढ्नेमा आशावादी बनेको शुक्रबार विश्व बैंकका वरिष्ठ अधिकारीले बताएका छन् ।

विश्व बैंकले बजेटले सही दिशा लिएको तर बजेटले देखाएको बाटोलाई कार्यान्वयनमा लान लेबनानले भरमग्दुर सुधारका प्रयासहरूलाई जारी राख्नुपर्ने अधिकारीले बताएका हुन् ।

विश्व बैंकका मध्यपूर्व तथा उत्तर अफ्रिकाका हेर्ने उपप्रमुख फेरिद बेलहाजले लेवनानी प्रधानमन्त्रीसितको भेटपछि साद हरिरिसँग भन्नुभयो, “लेबनानले पछिल्लो समय सवल अर्थतन्त्रका लागि राज्यस्तरबाट गर्नुपर्ने कामहरूलाई जारी राखेको छ ।”

“सन् २०१९ को बजेटमार्फत विद्युतका लागि लेवनानले ल्याएको नयाँ योजना प्रशंसनीय छ । हामी यसप्रति आशावादी छौँ तर सुधारका लागि यी कार्यक्रममा मात्रै सीमित हुनु हुँदैन । थप पहललाई जारी राख्नु पर्छ ।”

उहाँले भन्नुभयो, “आर्थिक सुधारका लागि निरन्तरको प्रयास आवश्यक हुन्छ । हामीले लेबनानलाई आवश्यक सुधारका लागि खासगरी विद्युत क्षेत्रमा सहयोग गर्न तयार छौँ ।”

उक्त अवसरमा बेलहाजले विश्व बैंकद्वारा सहायता गरेका लगानी योजनालाई लागू गर्न आग्रहसमेत गर्नुभयो । “पक्कै पनि यी लगानीले लेवनानलाई सकारात्मक प्रतिफल दिनेछ,” उहाँले थप्नुभयो ।

लेबनानको संसदमा हाल देशको बजेट घाटालाई कुल ग्राहस्थ उत्पादनको ११.५ प्रतिशतबाट ७.६ प्रतिशतमा झार्ने बिषयमा बहस भइरहेको छ ।

घाटा बजेट कटौतिका लागि सरकारले ल्याएका प्रयासलाई संसदले अनुमोदन गर्नु र गत बर्षको सेडर सम्मेलनले वित्तीय तथा आर्थिक सुधारका लागि प्रोत्साहन गरेका कार्यक्रमलाई बजेटले सम्बोधन गर्ने प्रयास गरेको छ । अन्तराष्ट्रिय सेडर सम्मेलनले देशको सुधार गर्ने शर्तमा ११ अर्ब अमेरिकी डलर ऋण तथा चन्दाको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.