अमेरिकी विदेशमन्त्री र साउदी राजाबीच भेटवार्ता 

जेदा, साउदी अरब, असार : अमेरिकी विदेशमन्त्री माईक पोम्पेओले सोमबार साउदी अरबका राजासँग भेटवार्ता गर्नुभएको छ ।

वासिङ्टन र तेहरानबीच पछिल्लो समय बढ्दै गएको तिक्तताका बारेमा उहाँहरुबीच कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिका र इरान दुवै पक्षले युद्व नचाहेको बताउदै आए पनि विवाद भने नसुल्झिएकाले अमेरिकाले विभिन्न पक्षसँगको छलफललाई तीव्र बनाएको छ ।

यही शिलशिलामा विदेशमन्त्री पोम्पेओले साउदी राजा सल्मान र राजकुमार मोहम्मदबीच सल्मानसँग रेड सी मा भेटवार्ता गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाइ आक्रमण गर्न अन्तिम मिनेटमा नदिएको बताएको भोेलिपल्ट विदेशमन्त्री पोम्पेओले साउदी अरबका राजासँग भेटवार्ता गर्नुभएको हो ।

उहाँले युएइका नेताहरूसँग पनि कुराकानी गरिसक्नुभएको छ । इरान विरुद्धको शसक्त गठबन्धनका लागि अमेरिकाले भेटवार्तालाई तीव्रता दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.