भारतमा भएको दुर्घटनामा दशको मृत्यु

नयाँ दिल्ली, ११ भदौ : भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।
राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ ।

“विपरित दिशाबाट आइरहेका कार र ट्रक आइतबार राती एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” एक प्रहरी अधिकारीले भने ।
मृत्यु भएका मध्ये छ जनाको घटनास्थलमै र अरुको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.