मङ्गोलियाका पुर्वप्रधानमन्त्री रिहा 

उलान बाटोर, ६ असार : मङ्गोलियाका पूर्व प्रधानमन्त्री मेन्डसैखान एनसैखानलाई शुक्रबार रिहा गरिएको छ ।

भ्रष्टाचारको अभियोगमा पक्राउ गरिएको एकदिन पछि नै उहाँलाई रिहा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रष्टाचार विरुद्धको स्वतन्त्र निकायले अदालतको आदेश विना नै उहाँलाई गिरफ्तार गरेको थियो ।

गैरकानुनी तरिकाले गिरफ्तार गरिएकाले रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएपछि अदालतमो आदेशमा उहाँ रिहा हुनुभएको हो ।

“उहाँका वकिलहरूले रिहाईको माग गर्दै दिएको निवेदनका आधारमा उहाँलाई रिहा गरिएको हो,” सुख्बाटार जिल्लास्थित अदालतद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

कोईला खानीसम्वन्धी एउटा ठूलो आयोजनामा एङ्ख्सैखानले पदीय अधिकारको दुरुपयोग गरेको र अनियमितता गरेको आरोप लाग्दै आएको छ ।

उहाँ सन् १९९६ देखि १९९८ सम्म मङ्गोलियाको प्रधानमन्त्री हुनुभएको थियो भने सन् २०१४ देखि २०१६ सम्म एउटा ठूलो आयोजनाको नेतृत्व गर्ने मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.