बङ्गलादेशको निर्यात घाटा १० प्रतिशत कमी
ढाका, बङ्गलादेश, ५ असार : बङ्गलादेशको आयातका तुलनामा निर्यातमा आएको महत्वपूर्ण वृद्धिका कारण यहाँको व्यापार घाटामा आर्थिक बर्ष २०१८÷०१९ को १० महिनामा उल्लेख्य कमी आएको यहाँको केन्द्रीय बैंक (बङ्गलादेश बैंक) ले बिहीबार जनाएको छ ।
अघिल्लो आर्थिक बर्षको पहिलो १० महिनाको तुलनामा चालु आर्थिक बर्षमा व्यापार घाटामा १० दशमलव ४४ प्रतिशतले कमी आएको बैंकको दावी रहेको छ ।
बङ्गलादेशको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जुलाईदेखि अप्रिलसम्ममा व्यापार घाटामा १० दशमलव ४४ प्रतिशतले कमी आउँदा बङ्गलादेशको व्यापार घाटा १३ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ ।
उक्त अवधिमा बङ्गलादेशको आयात खर्च ४७ अर्ब १० करोड पाँच लाख अमेरिकी डलर पुगेको छ यो अघिल्लो बर्षको तुलनामा ३ दशमलव ८८ प्रतिशतको वृद्धि हो । जबकी निर्यातबाट भएको आम्दानीमा ११ दशमलव १५ प्रतिशत वृद्धि भई ३३ अर्ब ४३ करोड अमेरिकी डलर पुगेको छ ।
आर्थिक बर्ष २०१७÷०१८ मा बङ्गलादेशको व्यापार घाटा व्यापक मात्रामा बढेको थियो ।
दक्षिण एशियाली यो मुलुकको सामान निर्यातका कारण भएको व्यापार सन्तुलनमा विस्तार भै गत आर्थिक बर्षमा १८ अर्ब २६ करोड अमेरिकी डलर पुगेको थियो । जुन आर्थिक बर्ष २०१६÷०१७ मा ९ अर्ब ४७ करोड अमेरिकी डलर रहेको थियो ।
