मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना, सत्रको मृत्यु 

जाकार्ता, ३ असार : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ ।

वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिनु भएको छ । यस दुर्घटनाबाट ३९ जनालाई भने जीवितै उद्धार गरिएको उद्धारकर्ताहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

हराइरहेका एक व्यक्तिको खोजी कार्यमा पनि दर्जनौको सङ्ख्यामा उद्धारकर्ताको सहभागीता रहेका बताइएको छ । इन्डोनेसियामा डुङ्गा प्रभावकारी र प्रख्यात सवारी साधनको रुपमा रहेको छ ।

तर अपनाउन पर्ने सुरक्षामा कमि र कमजोरीको कारण यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.