सैन्य कारबाहीमा चार लडाकू मारिए

घाज्नी, ३२ जेठ : अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहरको बाहिरी इलाकामा रहेको बाङगोर क्षेत्रमा लुकेर बसेका तालिवान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा चार जना लडाकू मारिएका छन् ।

प्रान्तीय गभर्नर प्रवत्ता आरेफ नुरी शनिबार सो जानकारी दिनु भएको छ ।

यस कारबाहीको क्रममा तालिबान लडाकूसँग रहेको हातहतियार बमहरु समेत बरामद गरिएको छ । यस कारबाहीको क्रममा सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।

घाज्नी प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाही कुनै पनि टिप्पणी गरेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.