सैनिक विमान दुर्घटनामा दुईको मृत्यु

हनोई, ३१ जेठ : मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

सो दुर्घटनामा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले जानकारी दिएको छ । क्याम लाम जिल्लाको सुओई तान क्षेत्रमा भएको विमान दुर्घटनापछि आगलागी भएको सेनाले जनाएको छ ।

एक विमान चालकको घटनास्थलमा मृत्यु भएको र अन्य दुईमध्ये एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.