हिंसामा परी कङ्गोमा ५० को मृत्यु
किन्शासा, कङ्गो, ३० जेठ : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा भएका हिंसात्मक झडपमा परी कम्तीमा ५० जनाको मृत्यु भएको यहाँका गभर्नर जिन बामानिसा सइदीले बिहीबार बताउनुभएको छ ।
देशको पूर्वी क्षेत्रमा पर्ने इतुरीमा भएका पछिल्ला हिंसात्मक घटनाहरूमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
गभर्नर जेन बामानिसा सैदीले एएफपीलाई बिहीबार दिएको जानकारी अनुसार दुई दिन अगाडी नै उक्त घटना भएको र झडपमा ५० जनाको मृत्यु भएको विवरण आएको हो ।
उहाँले त्यसपछि अन्य घटनाहरु पनि भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढेको हुन सक्ने पनि बताउनुभयो । तर अन्य श्रोतहरुले भने ती घटनाहरुमा परी ७० जनाको मृत्यु भएको जनाएका छन् ।
