मुख्य कमाण्डरसहित ५४ जना मारिए

क्वालाट, २९ जेठ : अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् ।

देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय गभर्नर रहम्ताउल्लाह यार्मालले बुधबार जानकारी दिनुभयो ।

सरकारी सुरक्षाकर्मीहरूले राम्रो समन्वय गरेर मङ्गलबार भएको आक्रमण सफल र प्रभावकारी भएको उहाँले दाबी गर्नुभयो ।

डायचोपान जिल्लामा भएको सो आक्रमणमा परी अरू १७ जना घाइते पनि भएको गभर्नर यार्मालले बताउनुभयो ।

लडाकूहरूको तर्फबाट भएको जवाफी आक्रमणका कारण सुरक्षाकर्मी तर्फका छ जनाको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.