हवाई आक्रमणमा पाँच सैनिक मारिए 

कुन्दुज, २९ जेठ : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा बुधबार आतङ्ककारीबिरुद्ध गरिएको हवाई आक्रमणका क्रममा भूलबस पाँच सैनिक मारिनुका साथै अन्य सात घाइते भएका छन् ।

जिल्लाका गभर्नर महबोउल्ला सायेदीले स्थानीय समयाअनुसार बुधबार बिहान २ बजे उक्त आक्रमण भएको जानकारी दिनुभयो । इमााम साहिब जिल्लाको क्युसलक क्षेत्रमा आतङ्ककारी लक्षित यस हवाई आक्रमणमा परी पाँच सैनिकको ज्यान जानुको साथै अन्य सात घाइते भएका थिए ।

उक्त हवाई आक्रमण अफगान हवाई सैनिक अथवा अमेरिकाआवद्ध संयुक्तबलले गरेको हो भन्ने प्रष्ट भएको छैन । तर आफ्नै सहकर्मीमाथि आक्रमण भएको यो पहिलो घटना भने होइन ।

अफगानिस्तानमा बारम्बार यस्ता आक्रमण भएको पाइन्छ । गत मे १७ मा हेल्मन्ड प्रान्तमा नाहर ए सराज जिल्लामा अमेरिकाआवद्ध बलले तालिबान लडाकू लक्षित आक्रमणमा १७ प्रहरी मारिनुका साथै अन्य ११ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal