दक्षिणी त्रिपोलीमा तीन हवाई आक्रमण

त्रिपोली, २९ जेठ : संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त लिबिया सरकारको वायुसेनाले मङ्गलबार राजधानी त्रिपोलीबाट दक्षिणमा पर्ने इलाकामा सरकारको विरोधमा लडिरहेका सैनिकलक्षित तीन वटा हवार्ई आक्रमण गरेको छ । सो शहरमा दुई पक्षबीच सशस्त्र द्वन्द्व जारी रहेको छ ।

दुई वटा हवाई आक्रमण दक्षिण त्रिपोलीको विमानस्थलनजिकै भएको र तेस्रो दक्षिण त्रिपोलीमा रहेका वादी रबिइ शहरमा भएको सरकारी सुुरक्षा अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलनजिकै भएको दुई वटा हवाई आक्रमण अप्रिलको शुरुबाट नै त्रिपोली शहर कब्जा गर्दै आएका खलिफा हफ्तार नेतृत्वको सैनिक अभियान विरुद्ध भएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) का अनुसार केही समययता जारी झडपमा परी ६ सय ५३ व्यक्तिको मृत्यु हुनुको साथै ३ हजार ५४७ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal