अफगानिस्तानको घाज्नी प्रान्तमा १५ जना लडाकू मारिए

काबुल, २५ जेठ : अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १५ जना तालिवानी लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारले शनिबार जारी गरेको वक्तव्यमा बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएका उल्लेख छ ।

सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १५ थान म्याग्जीन तथा ५५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ ।

घाज्नी प्रान्तमा सक्रिय तालिवान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.