चिनियाँ राष्ट्रपति रुसबाट स्वदेश फिर्ता 

बेइजिङ, २५ जेठ : चिनियाँ राष्ट्रपति सि चिनफिङ बैदेशिक भ्रमणबाट शनिबार विहान स्वदेश फर्किनु भएको छ ।

रुसको सेन्ट पिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकमा सहभागी हुन औपचारिक भ्रमणको शिलशिलामा रुस जानु भएका राष्ट्रपति सि स्वदेश फर्किनु भएको हो ।

उहाँसँगै भ्रमणमा गएका राजनीतिक, आर्थिक तथा वैदेशिक मामिलाका उच्च अधिकारीहरु पनि एउटै विमानबाट स्वदेश फर्किएको जनाइएको छ ।

राष्ट्रपति सिको टोली स्थानीय समयानुसार शुक्रबार दिउसो रुसको पिटर्सबर्गबाट चीनतर्फ प्रस्थान गरेको समाचारमा जनाइएको छ । रुसी उच्च अधिकारीहरुले चिनियाँ टोलीलाई विमानस्थलबाट विदाई गरेको थियो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच बिहीबार भेटवार्ता भएको थियो ।

रूसी राष्ट्रपतिको गृहनगर सेन्ट पिटर्सवर्गमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले इतिहासलाई सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । भेटमा दुई नेताहरूबीच विगत तथा वर्तमान् राजनीतिक अवस्थाका बिषयमा छलफल गर्नुभएको थियो ।

उहाँहरूबीच दुई देश र त्यहाँका जनताबीच आपसी मित्रता र समझदारीका लागि सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने सहमति भएको छ ।

दुई नेताहरूबीचको छलफलमा दुई देशबीच सांस्कृतिक तथा पर्यटकीय गतिविधिको प्रवद्र्धनका लागि जनता–जनताबीचको सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहित गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ ।

बितेका पाँच वर्षयता चीन र रुसका राष्ट्रनायकबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले बताएको छ ।

दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ । भेटवार्ताको भोलीपल्ट शुक्रबार सेन्ट पिटर्सवर्गमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले फाइभ–जी तथा अन्य प्रविधिजन्य ज्ञान आफ्ना सबै साझेदार राष्ट्रहरूमा पु¥याउन चीन तयार रहेको बताउनुभयो ।

ताररहित फाइभ–जी नेटवर्कमा अमेरिकासँग कडा प्रतिस्पर्धामा अघि बढिरहेको चीनले विश्वव्यापी नेतृत्व लिन प्रयास गरिरहेको समय राष्ट्रपतिको उक्त भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.