किमसँग तेस्रो शिखर बैठक चाडै हुने ट्रम्पको आशा

आयरल्याण्ड, २३ जेठ : सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरी छिट्टै वार्ता हुने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले पत्रकारहरूसँग भन्नुभयो, “मैले उत्तर कोरियासँगका सम्झौतालाई कार्यान्वयन गर्न गराउन चाहन्छु, हाम्रो वार्ता फेरी पनि हुने आशा गरेको छु ।”

लामो समयदेखि एक अर्काका चर्को विरोधी रहेका अमेरिका र उत्तर कोरियाकाबीचमा गत बर्षदेखि सम्वन्धमा नाटकीय रूपमा सुधार आउने सङ्केत देखिएका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमवीच एक बर्ष अगाडि पहिलो शिखर बैठक भएको थियो भने फेब्रुअरीमा दोस्रो शिखर बैठक भएको थियो ।

ती बैठकहरूमा भएका सहमतिहरूबाट अहिले दुवै देश पछाडि हटेर आपसी सम्वन्ध फेरि पुरानै अवस्थामा पुग्न लागेको अनुमान गरिएका समय ट्रम्पको यो भनाई आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.