विश्वकप क्रिकेट, पाकिस्तानको पहिले ब्याटिङ 

नटिङ्घम, २० जेठ : इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा इङ्ल्यान्ड र पाकिस्तानबीचको खेल शुरु भएको छ ।

इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका छन् । इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको छ ।

इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।

इङ्ल्यान्डको टिममा जेसन रोय, जोन्नी बेयरस्ट, जो रुट, इओन मोर्गन (कप्तान), जस बट्लर, बेन स्टोक, मोइन अली, क्रिस वोक्स, आदिल रसिद, जोफ्रा आर्चर र मार्क उड रहेका छन् ।

पाकिस्तानी टिममा फखार जमान, इमाम–उल–हक, बाबर आजम, मोहम्मद हाफीज, सरफराज अहमद, शोएब मलिक, आसिफ अली, शादाब खान, हसन अली, वाहाब रियाज र मोहम्मद आमिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.