चीनमा धुम्रपान दर २६.६ प्रतिशत : प्रतिवेदन

सियान, १७ जेठ : पन्ध्र बर्ष उमेरका र सोभन्दा माथिका नागरिकबीच धुम्रपान गर्नेको सङ्ख्या २६.६ प्रतिशतमा झरेको एक प्रतिवेदनले देखाएको छ ।

पछिल्लो समय विश्वका धेरैजसो मुलुकमा धुम्रपान एक विकराल समस्याका रूपमा देखिने गरेको भएपनि चीनमा यसमा सुधार देखिएको हो ।

चीनमा सन् २०१५ मा धुम्रपान गर्ने १५ बर्ष र सोभन्दा माथिको २७.७ प्रतिशत सङ्ख्याले धुम्रपान गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

तर चीनमा धुम्रपान गर्ने पुरूष र महिलाबीचको दर क्रमशः ५०.५ प्रतिशत र दुई दशमलब एक प्रतिशत रहेको चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीसीडीसीपी)द्वारा गरिएको सर्वेक्षण अध्ययन रिपोर्टमा उल्लेख छ ।

यस पहिलेको तुलनामा दोस्रो व्यक्तिको धुम्रपानका कारण धुम्रपान नगरे पनि यसबाट प्रभावित हुने जनसङ्ख्यामा पनि कमी आएको छ । यो सङ्ख्या ६८.१ प्रतिशतमा झरेको बताइएको छ । इन्टर्नेट सेवा प्रदायक पसल, चिया तथा कफी पसल, बार, रात्रिक्लब तथा रेष्टुरेण्टहरूमा पुग्ने व्यक्तिहरू धुम्रपान नगरे पनि यसबाट अत्यधिक प्रभावित हुने गरेका अध्ययनमा उल्लेख छ ।

औषतमा २०.१ प्रतिशतले सन् २०१८ मा धुम्रपानको कुलतलाई त्यागेको देखिएको छ यो तथ्याङ्क भने सन् २०१५ को तुलनामा अपरिवर्तित नै देखिएको छ । यसरी हेर्दा धुम्रपान गरिराखेका व्यक्तिले धुम्रपान त्यागेका कारण धुम्रपान गर्नेको सङ्ख्यामा कमी आएको नभै नयाँ पुस्ताले धुम्रपानलाई नकारेको अध्ययनको निष्कर्ष रहेको छ ।

प्रतिवेदन अनुसार पछिल्ला पुस्तामा इ–सिग्रेटबाट धुम्रपानको आनन्द लिने गरेको देखिएको छ । अध्ययन अनुसार १५ बर्षदेखि २४ बर्ष उमेर समूहका १.५ प्रतिशत व्यक्तिले इ–सिग्रेटको आनन्द लिने गरेका र तीमध्ये ४५.४ प्रतिशतले अनलाइनबाट विद्युतीय चुरोट किन्ने गरेको पाइएको छ ।

‘स्वस्थ चीन–२०३०’ योजना अन्तर्गत चीनले आगामी सन् २०३० सम्ममा १५ बर्ष र सोभन्दा माथिका धुम्रपान गर्ने चिनियाँ जनसङ्ख्यालाई २० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.