राहुलले निर्वाचन क्षेत्रमै गएर मतदातालाई धन्यवाद दिने

नयाँ दिल्ली, १७ जेठ : भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिनुहुने भएको छ ।

यही जुन ७ देखि दुई दिनसम्म आफ्नो निर्वाचन क्षेत्र वायनाद गएर उहाँले मतदाताहरुलाई धन्यवाद दिनुहुने भएको हो ।

यसअघि उहाँले यही मे २४ तारिखका दिन पनि आफुलाई लोकसभा सदस्यमा निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै मतदाताहरूलाई धन्यवाद दिनुभएको थियो । उहाँले आफुसँगै निर्वाचित अन्य सांसदहरुलाई पनि बधाई दिनु भएको छ ।

अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्रबाट ७ लाख ५० हजार ३४ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकटम प्रतिद्वन्द्वी लेफ्ट डेमोक्रयाटिक फ्रन्ट (एलडीएफ)का पिपि सुनिरलाई भने ४ लाख ३१ हजार ६३ जना मतदाताले मतदान गरेका थिए ।

अध्यक्ष गान्धी भारतकै अर्को निर्वाचन क्षेत्र अमेठीबाट पनि निर्वाचनमा प्रतिश्पर्धा गर्नु भएको थियो । तर त्यस क्षेत्रमा भने उहाँ पराजित हुनु भएको थियो । पराजित भएपनि उहाँले त्यस क्षेत्रका मतदाताहरुलाई पनि वक्तव्य मार्फत् धन्यवाद दिनु भएको थियो ।

अमेठीमा गान्धीलाई स्मृति इरानीले पराजित गर्नु भएको थियो । इरानी नयाँ केन्द्रीय मन्त्रीमण्डलमा पनि पर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.