चिनियाँ महिला तथा बालबालिकाको स्वास्थ्यस्तरमा उल्लेख्य सुधार

बेइजिङ, १२ जेठ : नयाँ चीनको स्थापनाका सत्तरी वर्षमा चीनको महिला तथा बालबालिकाको स्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको चीनले दावी गरेको छ ।

सोमबार चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिले चीनको महिला तथा बालबालिकाको स्वास्थ्य कार्यको विकास प्रतिवेदन–२०१९सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो ।

प्रतिवेदनमा नयाँ चीनको स्थापनापछि चीनको महिला तथा बालबालिकाको स्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको उल्लेख छ ।

सन् २०१८ मा चीनका गर्भवती महिलाले बच्चा जन्माउने क्रममा मृत्यु दर र शिशुको मृत्यु दर पनि घटेका बताइएको छ । चिनियाँ व्यक्तिको औषत आयु ७७ वर्ष पुगेको पनि प्रतिवेदनमा उल्लेख छ ।
मध्य तथा उच्च आम्दानी भएका मुलुकको औसत स्तरभन्दा यो तथ्याङ्क अगस्थानमा रहेको समितिले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिअन्तर्गत महिला तथा बालबालिका स्वास्थ्य विभागका प्रमुख छिन कङले उक्त कुरालाई पुष्टि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.