जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

टोकियो, १३ जेठ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ ।

नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाउनु भएको थियो भने जापानी सम्राटले उज्यालो निलो टाई लगाउनु भएको थियो ।

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी हुनुहुन्थ्यो । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाउनु भएको थियो भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाउनु भएको थियो ।

राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.