अफगानिस्तानमा ३३ लडाकू मारिए

मैमाना, अफगानिस्तान, ९ भदौ : अफगानिस्तानको फार्याब प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ३३ तालिबान लडाकू मारिएका छन् ।

घटनामा परी अन्य १३ जना घाइते भएका एक जना सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् ।

“अफगानी हवाइ सुरक्षाबलको सहयोगमा अफगान राष्ट्रिय सेनाले सो दक्षिणी प्रान्तको राजधानी मैमाना सहरमा शुक्रबार सुरक्षा कारबाही गरेको हो,” सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले सिन्ह्वासँग भन्नुभयो ।

मारिएका मध्ये दुई जना तालिवान विद्रोहीका कमाण्डरसमेत रहेका रेजाईले जानकारी दिनुभयो । तालिवान लडाकूले भने घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.