यमनमा भएको हवाई आक्रमणमा आठ सर्वसाधारण मारिए

साना, ११ जेठ : यमनको दक्षिणपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा आठ जना सर्वसाधारण मारिएका छन् ।

साउदी अरब नेतृत्वको गठबन्धनको सहयोगमा भएको यस हवाई आक्रमणमा परी मारिने मध्ये चार जना बालबालिका समेत रहेका अधिकारीहरुले जनाएका छन् ।

ताइज प्रान्तमा रहेको पेट्रोल पम्पमा शुक्रबार उनीहरुले आक्रमण गरेको सरकार पक्षीय एक अनलाईनले जनाएको छ ।

घटनामा परी अरु कैयौँ घाइते पनि भएका छन् । हुथी नियन्त्रित स्वास्थ्य अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या आठ भन्दा बढी रहको जनाएका छन् ।

घटनाका बारेमा साउदी नेतृत्वको गठबन्धनको तर्फबाट अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन ।

उनीहरुले यमनमा सन् २०१५ देखि यमन सरकारको सहयोगमा र हुथी विद्रोहीहरुको विरुद्ध हवाई कारबाहीहरु गर्दै आएका छन् ।

यस्ता कारबाहीहरुमा बारम्बार सर्वासधारण नागरिकको ज्यान जाने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.