थाइल्याण्डमा नयाँ सभामुख मनोनित

बैङ्कक, ११ जेठ : थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनमा सिनेटरहरुले उहाँलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उपसभामुखको रुपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्व अध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित हुनु भएको जनाएको छ ।

गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको सुभारम्भ समारोहको अध्यक्षता भने शुक्रबार थाईल्याण्डका राजा र रानीले गर्नु भएको थियो ।

सुभारम्भ समारोहमा कुन ४९८ जना सांसद, २५० जना सिनेटरसँगै प्रधानमन्त्री प्रयुत चान ओच, मन्त्रीहरु, विभिन्न स्वतन्त्र निकायका अधिकारीहरुलगायत सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.