लिबियाका प्रधानमन्त्री अल्जेरिया भ्रमणमा

अल्जेरिया, ९ जेठ : संयुक्त राष्ट्रसंघले मान्यता दिएको लिबियाका प्रधानमन्त्री फायज अल सर्राज बिहीबार अल्जेरिया आईपुग्नु भएको छ । एक दिने औपचारिक भ्रमणका लागि उहाँ अल्जेरिया आउनु भएको राज्यद्धारा सञ्चालित रेडियो च्यानल वानले जनाएको छ ।

लिबियाका प्रधानमन्त्रीको नेतृत्वमा विदेशमन्त्री मोहम्मद सिअलासहितको उच्च पदस्थ सरकारी अधिकारीहरुको भ्रमण टोलीलाई अल्जेरियाका प्रधानमन्त्री नौरेडिन बेडोइले स्वागत गर्नु भएको थियो ।

लिबियाली टोलीलाई स्वागत गर्न अल्जेरियाली प्रधानमन्त्री बेडोइ अल्जेरियाको अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्नु भएको थियो । भ्रमणका क्रममा लिबियाका प्रधानमन्त्रीले देशको द्वन्द्व र शान्ति प्रक्रियाका बारेमा छलफल गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.