अल्जेरिया र अर्जेन्टीना औलोमुक्त

जेनेभा, ८ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अल्जेरिया र अर्जेन्टीनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ । उनीहरुलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

औलो मुक्त घोषणा गरिएका देशहरुमध्ये अल्जेरिया दोस्रो अफ्रिकी मुलुक हो । यसअघि अफ्रिकाको मौरिटीजलाई सन् १९७३ मा औलो मुक्त मुलुकको प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी अर्जेन्टीना पनि औलोमुक्त घोषणा गरिएका देशहरुमध्ये दोस्रो अमेरिकी मुलुक हो । उरुग्वेलाई यसअघि नै विश्व स्वास्थ्य सङ्गठनले सन् २०१८ मा औलोमुक्त देश घोषणा गरेको थियो ।

डब्लूएचओले यसअघि पनि केही देशलाई औलोमुक्त देशको रुपमा घोषणा गरिसकेको छ भने अन्य कतिपय देशहरुलाई घोषणा गर्ने तयारी भएको जनाइएको छ ।

औलोमुक्त देश घोषणा गर्नका लागि डब्लूएचओले विभिन्न मापदण्ड बनाएको र ती मापदण्ड पूरा गरेपछि मात्रै घोषणा गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.