टोकियोमा सडक दुर्घटना, पाँच जना घाइते

टोकियो, ७ जेठ : जापानको राजधानी टोकियोमा मङ्गलबार बिहान पाँच वटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जना पैदलयात्रु घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार एउटा शंकास्पद मिनीट्रक रातोबत्तीको बेवास्ता गर्दै अघि बढेपछि उक्त दुर्घटना भएको थियो ।

मध्य टोकियोको शिमबासीमा उक्त ट्रकले तीन जना पैदलयात्रुलाई ठक्कर दिएपछि अरु चार वटा सवारीसाधनमाथि बज्रिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ ।

उक्त ट्रकले विपरीत दिशाबाट आइरहेको पर्यटक बसलाई ठक्कर दिएपनि त्यस बसमा रहेका ४० जना स्कुले विद्यार्थीहरु सकुशल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.