जिम्बाबेको अदालतद्वारा नानगाग्वाको पक्षमा फैसला

हरारे, ८ भदौ : जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्धाको विपक्षमा फैसला सुनाएको छ ।

शुक्रबार सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको नभएको पाइएको जनाइएको छ ।

प्रधानन्यायाधिश लुक मालालाले आफ्नो आदेशमा हरारेस्थीत संवैधानिक अदालतमा भन्नुभएको छ, “निर्वाचनमा भएको धाँधलीसम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार नभेटिएको ठहर गरेको छ ।”

गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो नानगाग्वा निर्वाचित भएको अदातलले शुक्रबार ठहर गरेको छ ।

विश्लेषकहरूले अदालतको फैसला विपक्षीको पोल्टामा जाने अनुमान गरिरहेका बेला अदालतको यस्तो निर्णय आएको हो ।

यसैविच जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति नानगाग्वाले शुक्रबार अदालतको फैसलाको स्वागत गर्नु भएको छ । उहाँले भन्नु भएको छ, “म फेरि एक पटक शान्ति र एकताका लागि सवैमा आह्वान गर्दछु । अव सँगै अघि बढ्ने समय आएको उहाँको भनाई छ ।

निर्वाचन परिणामलाई लिएर विपक्षीले अदालतमा मुद्धा दायर गरेपछि जिम्बाबेको निर्वाचन विवादमा परेको थियो । अदालतको फैसलासँगै विवादको किनारा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.